गम्भीर अवस्थामा काठमाण्डौमा उपचार गराइरहेका अरूण श्वासप्रश्वासको समस्याबाट पिडीत छन् । डा. राईका अनुसार विरामी अरूणको उपचारका लागि हालसम्म ३ लाख रूपैयाँभन्दा बढि खर्च भइसकेको छ । अत्यन्त न्यून आय भएका पिडीत राईको उपचारका लागि अहिले दैनिक २५ हजार रूपैयाँ खर्च भइरहेको छ ।
यसअघि मधुमेहबाट पिडीत राई सो रोग नियन्त्रण भएसँगै श्वास रोगबाट पिडीत भइ अस्पताल भर्ना भएका हुन् । उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिलिगुढी स्थित मित्र नर्सिङ होम हुँदै हाल काठमाण्डौस्थित वयोध्या अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । स्पाइनल कर्डमा समस्या देखिएका उनको शल्यकृया गर्नु पर्ने चिकित्सकहरूको भनाइ छ । शल्यकृया अगाडी २४ सै घण्टा अक्सिजन दिनु पर्ने र एकै सेकेण्ड पनि सो नगरिएको ज्यान जोखिममा पर्नसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उदृत गर्दै डा. राईले जानकारी दिए ।
डा. राईका अनुसार पिडीत राईको उपचारका लागि साथी शुभचिन्तकहरूबाट केही मात्रामा सहयोग प्राप्त भइरहेको भए पनि सो अपुग भएकाले थप सहयोग आवश्यक छ ।
भुटान विद्यार्थी संघ (SUB) का पूर्व कोषाध्यक्ष समेत रहेका राई हाल आम्दाको प्राथमिक स्वास्थ्य उपचार परियोजना (PHCP) अन्तर्गत शरणार्थी प्रभावित क्षेत्रमा कार्यरत छन् ।
४६ बर्षीय पिडीत राईका श्रीमती र एक छोरा छन् ।